सप्तरी दुर्घटनाका मृतक परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने

सप्तरी दुर्घटनाका मृतक परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने

सप्तरी,मंसिर ८
सप्तरीमा शुक्रबार राती भएको सडक दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले जनही एक लाख दिने घोषणा गरेको छ ।

शनिबार घटनास्थल पुगि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने बताएका हुन् । उनले बढ्दै गएको सडक दुर्घटना न्यूनिकरणका लागि अध्ययन गर्न समिति गठन गरिने पनि बताए ।

सुनसरीको बराहक्षेत्रबाट फर्किएको करीब ६० यात्रु बोकेको को १ ख २७९९ नम्बरको बस शुक्रबार साँझ सप्तरीको कंकालनी नगरपालिका –१० स्थित इनरुवामा पल्टिदाँ पाँच जनाको मृत्यु र ३ दर्जन व्यक्ति घाइते भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.