×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

विद्युत गृहको सर्किट ब्रेकरमा आगलागी, दुईजना घाइते

९ मंसिर २०७५

काठमाडौँ,मंसिर ९

नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

Advertisement
Advertisement

घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहमा आगलागी भएको हो । आगलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत् गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत् गृहसमेत बन्द भएको छ ।

जसका कारण २८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ । कूल २१ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्रबाट हाल १६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आगलागीका विषयमा छानबिन भइरहेको जानकारी दिए । दुईवटै विद्युत् गृह बन्द भएपछि नुवाकोट, रसुवा र धादिङको केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

प्रवक्ता अधिकारीले वैकल्पिक व्यवस्था गरेर भए पनि अवरुद्ध रहेको स्थानमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने जानकारी दिए ।

Advertisement

उनले भने, ‘ग्राहकको विद्युत् आपूर्तिमा भने यसबाट कुनै असार पर्ने छैन ।’ प्राधिकरणले घाइते कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top