महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई लाईसेन्स दिन सर्बोच्च अदालतको दोस्रो आदेश

९ मंसिर ७५, आइतबार

काठमाडौं ,मंसिर ९

Advertisement

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिन सर्बोच्च अदालतले दोस्रो पटक आदेश दिएको छ । गत शुक्रबार प्रधानन्यायधीश ओमप्रकाश मिश्र, न्यायधीशहरु केदारप्रसाद चालिसे र टंकबहादुर मोक्तानको संयुक्त इजलासले समितिको माग खारेज गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन जारी गरेको परमादेशलाई निरन्तरता दिएको हो ।

सर्वाेच्च अदालतले गत असार १४ गते महालक्ष्मी इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन परमादेश दिएकाे थियाे । तर अर्थमन्त्रालयले बीमा सम्बन्धि नयाँ एेन बन्दै गरेकाे अवस्थामा नयाँ कम्पनीलार्इ लाइसेन्स वितरण राेक्न अर्थ मन्त्रालयले बीमा समितिलार्इ निर्देशन दिएपछि बीमा समितिले अदालतकाे परमादेश पुर्नरावलोकन माग गरेकाे थियाे ।

Advertisement

समितिले असाेज २३ गते सर्बाेच्च अदालतमा दायर गरेकाे मुद्दा खारेज भएकाे छ । अर्थमन्त्रालय र बीमा समितिलाई विपक्षी बनाएर महालक्ष्मीका प्रवद्र्धक मनोरञ्जन रमण शर्माले सर्बोच्चमा मुद्दा दायर गरेका थिए ।

शुरूमा बीमा समितिले ताेकेकाे समय अवधिमा सबै प्रकिया पुरा नगरेकाेले लाइसेन्स पाउन नसकेकाे याे कम्पनीलार्इ पछिल्ले समय अदालत साथ दिएकाे छ । तर कम्पनीप्रति नियामक निकाय र अर्थमन्त्रालय नकारात्मक बन्दा कानुन अनुसार लगानी गर्ने, कर तिर्ने, राेजगारी सिर्जना गर्ने तथा बीमा सेवा दिएर नाफा गर्छु भन्ने लगानीकर्ता मर्कामा परेका छन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top