×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

केन्द्र सरकार कर्मचारी सरुवामै ब्यस्त : कर्मचारी अभावमा प्रदेश १ संसद सचिवालयमा भद्रगोल (भिडियो रिपोर्ट)

९ मंसिर २०७५

विराटनगर, मंसिर ९
संघीय सरकारले जानकारी नै नदिई धमाधम कर्मचारी सरुवा गरिदिएपछि प्रदेश १ को संसद सचिवालय भद्रगोल अबस्थामा पुगेको छ । आवश्यक पर्ने कर्मचारीकै अभाव झैल्दै आएको सचिवालयमा माथिल्लो दर्जाका कर्मचारीहरुको सरुवा हुने क्रम नरोकिदा सचिवालयको काम कार्वाही प्रभावित हुने भएको छ ।

गएको असोज महिना यताबाट संसद सचिवालयमा उपल्ला तहका कर्मचारी नहुँदा अहिले अधिकृत तहका कर्मचारीबाट काम चलाउ रुपमा दैनिक प्रशासनिक काम हुदै आएका छन । संसद सचिवालयमा लामो समयदेखि सचिव पद रिक्त रहदै आएको थियो । सचिव डा बासुदेव शर्मा सरुवा भएर आएको एक साता नवित्दै सरुवा भएपछि उनको स्थानमा संघीय सरकारले अर्का सचिवलाई संसद सचिवालयमा हालसम्म पठाएको छैन ।

Advertisement
Advertisement

सचिवको अनुपस्थितीमा उपसचिव लोकबहादुर भण्डारीले जिम्मेवारी सम्हाल्दै आएका थिए । संघीय सरकारले संसद सचिवालयलाई जानकारी नदिई उपसचिव भण्डारी र अर्का उपसचिव बिश्वरुप दाहाललाई सरुवा गरेपछि सचिवालय उपसचिव विहिनपनि बन्न पुगेको छ । संसद सचिवालमा कानुन उपसचिवको पद रहेपनि हालसम्म कानुन सचिव संघीय सरकारले पठाउन सकेको छैन ।

गएको दशै यतामात्र लेखा अधिकृत र स्टोरकिपरको पदपनि रितm रहेको छ । लेखा अधिकृत दलवीर राई भष्ट्रचार अभियोगमा निलम्बनमा परेपछि उनको पद रितm हुन पुगेको संसद सचिवालले जनाएको छ । त्यसैगरी स्टोर किपर संजीव राईलाई पनि संघीय सरकार अन्तर्गतको सामान्य प्रशासन मन्त्रालयले १९ कार्तिकमा सरुवा गरिदिएपछि संसद सचिवालमा स्टोरकिपरको पदपनि खाली हुन पुगेको छ ।

संसद संचिवालयका अनुसार दशैयताको विदा सकिएलगतै अहिले अधिकृत पदका त्रय हरि खत्री,अम्बिकाप्रसाद नेपाल र कानुन अधिकृत मञ्जु खड्का मात्र रहेका छन । त्यसभन्दा माथिको सबै पद रितm छन्। संसद सचिवालयका सुचना अधिकृत अम्बिकाप्रसाद नेपालले संसद सचिवालमा अधिकार प्राप्त अधिकारीको अभावमा ठूला निणर्य र आर्थिक क्रियाकलापकासंग जोडिएका बिषयबस्तुसंगको काम कार्वाही बन्द हुन पुगेको जानकारी दिए ।

प्रदेश नं एकका सभामुख प्रदीपकुमार भण्डारीले संघीय सरकार गम्भिर नहुँदा संसद सचिवालय जस्तो कार्यालयमा कर्मचारी अभाव झेल्नु पर्दा समस्या भएको बताए । सभामुख भण्डारीले कर्मचारी अभावका कारण भएको समस्याका बारेमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सचिवलाई जानकारी गराएपनि अहिलेसम्म कर्मचारी नपठाएको बताए ।

सभामुख भण्डारीका अनुसार प्रदेश सरकारले हिउँदे अधिवेशन पुस महिनाको पहिलो साता बोलाउने तयारी गरिरहेको अबस्थामा संसद सचिवालय नै सचिवविहिन हुदाको अहिलेको अबस्थाले प्रदेश सभाको बैठकपनि प्रभावित हुने देखिएको छ ।

यसअघिपनि गत फागुन २८ गते प्रदेशसभा सचिवालयको जिम्मेवारी लिएर सचिव केदारप्रसाद पनेरू आएका थिए । उनको पनि केही महिना संसद सचिवालयमा काम गरेपछि सरुवा भएको थियो ।त्यसपछि सचिव वासुदेव शर्मा पौडेल आएपनि उनले कार्यभार नसम्हादै प्रदेश नं दुईमा सरुवा भएर गएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top