काठमाडौं ,मंसिर ९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद रेखा शर्माले अस्थायी दरबन्दी स्विकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएकी हुन् ।
आईतबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कर्मचारी समायोजना ऐन संशोधन गर्नुको औचित्य पुष्टि गरेर देखाउन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चुनौती दिइन् । सांसद शर्माले लोकसेवा आयोगको सुझावको आधारमा कर्मचारी समायोजनाको कामलाई छिटो टुंगोमा पुर्याउन पनि सरकारसँग माग गरिन् ।
बैठकमा नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर नागरिकता ऐन संशोधन गर्न सरकारलाई सचेत गराए । उनले नागरिकसम्बन्धि सो विधेयकलाई टुंगोमा पु¥याउन विज्ञहरुसँग आवश्यक परामर्श लिनुपर्ने धारणा पनि राखे ।
समितिको सोमबार (भोली)को बैठकमा नेपाल नागरिक ऐन संशोधन विधयेकमाथि छलफल हुनेछ । समितिकी सभापति शशि श्रेष्ठले भोलीको बैठकमा संशोधनकर्ता सांसदहरुले सो विधेयकका सम्बन्धमा आ–आफ्नो सुझाव राख्नु हुने जानकारी दिइन् । रासस