काठमाडौँ, मंसिर १२
ह्याल्मो भाषामा निर्माण भएको चलचित्र ‘मेतोक’को टिजर सार्वजनिक भएको छ । चलचित्रकी नायिका ओमु निमा ह्याल्मोको जन्मदिन पारेर मङ्गलवार काठमाडौँमा चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
चलचित्र लोसार पर्वको अवसरमा रिलिज हुने निर्माण टिमले जनाएको छ । ह्योल्मो भाषामा निर्माण भएको यो चलचित्र नेपाली भाषामा डब गरेर रिलिज गर्ने लक्ष्य रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको टिजरमा नायिका ओमुसँगै ठिलेन लामा, दावा दोर्जे, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायतका कलाकार फिचर्ड छन् ।
ठिलेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचचित्रलाई ठिलेन लामाले निर्देशन गरेका हुन् । चलचित्रमा लगानी सर्किनी ज्याबा ह्योल्मोले गरेका छन् । चलचित्रमा ठिलेन लामाको कथा, आगत केसीको पटकथा तथा संवाद, राम कुमार कसीको छायाँकन रहेको छ ।









