×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

१३१ वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण गरिने

१२ मंसिर २०७५

बेनी,मंसिर १२

म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाइएको १३१ वर्ष पुरानो ऐतिहासिक झोलुङ्गे पुलको संरक्षण र मर्मत गरिने भएको छ ।

Advertisement
Advertisement

विस १९४४ मा स्थानीय प्रविधि र स्रोत साधन प्रयोग गरी बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण गर्न लागेको हो । तत्कालीन समयमा बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर बनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी म्याग्दी खोलामा वारपारको लागि झोलुङ्गे पुल हालेका थिए ।

काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठा बनाएर खोलामा वारपारका लागि हालिएको झोलुङ्गेलाई विकास गर्दै अहिले जीर्ण अवस्थामा रहेको पुलको रुपमा विकास गरिने स्थानीय अगुवा एवं ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले पुलमा प्रयोग भएको साङ्ले लठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो ।

वि.सं २०१४ मा म्याग्दीको बाबियाचौरमा बसोवास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाती भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा झोलुङ्गेलाई हटाएर झोलुङ्गे पुलको रुपमा विकास गरिएको श्रेष्ठले जानकारी दिए ।

‘‘ यो ठाउँमा पुल बन्नुअघि यस क्षेत्रमा कुनै पनि पुल थिएन, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका स्थानीय सबैजसो यहीँबाटो वारपार गर्थे लामो समयसम्म म्याग्दीको म्याग्दीखोला पारिका स्थानीय र वारीका स्थानीय वारपार गर्ने मुख्य बाटो यही बन्यो’ श्रेष्ठले भने ।

सदरमुकाम बेनीमा रहेको जिल्लाकै पुरानो र स्थानीय स्रोत र साधनलाई प्रयोग गरी बनाइएको पुलको मर्मतसँगै संरक्षण गर्न लागिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

मङ्गलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक, जनप्रतिनिधिसहित टिविएसयु पोखराका इञ्जिनीयर सतिश राई, क्षेत्रीय प्रविधि सहयोग प्रदायक (आरटिएपि) का प्राविधिक संयोजक नरबहादुर सम्बाहम्फे, प्राविधिक अधिकृत श्रीधर भण्डारी नेतृत्वको टोलीले पुलको मर्मत र संरक्षणको लागि स्थलगत निरीक्षण गरेका छन् ।

पुरानो र ऐतिहासिक महत्व बोकेको यो पुलको काठ कुहिएको र जालीसमेत तितरवितर हुन थालेपछि चालु आर्थिक वर्षमा मर्मतका लागि वडा कार्यालयको सिफारिसमा नगरपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको वडा नं– ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । उनले प्राविधिकको सल्लाह बमोजिम जिल्लाकै पुरानो पुलको स्वरुप नविग्रने गरी मर्मत र संरक्षण गरिने जानकारी दिए ।

स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएको साङ्ले लठाको तौल धेरै भएको र अहिलेको जस्तो प्रविधि नभएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायजसो सबै गाउँबाट स्थानीय बेनी झेरका थिए । म्याग्दी नदीमा अहिले पनि जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्कालीन जिल्ला विकास समिति र मङ्गलाघाटका स्थानीयवासीको लगानीमा मर्मत भएको थियो । पुलदेखि देउरालीसम्मको बाटोलाई ज्येष्ठ नागरिक समाजका अध्यक्ष श्रेष्ठले नै मर्मत गरेका थिए ।

Advertisement

–कमल खत्री/रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top