विराटनगर, मंसिर १२
धनकुटाकी बन्दना नेपालले नाचेरे विश्व रेकर्ड कायम गरेकी छिन् ।अहिलेसम्म सबैभन्दा लामो समय (१२६ घण्टा) निरन्तर नाचेर उनले गिनिज बुकमा नाम लेखाएकी हुन ।
मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फूडल्याण्डमा आफनो नृत्यको यात्रा शुभारम्भ गरेकी बन्दनाले भारतको रेर्कडलाई मंसिर १२(आज) तोडेकी हुन् ।
१७ बर्षिय उनले बुधबार १२ बजेर १६ मिनेटमा रेकर्ड तोडेकी हुन् । यसअघि सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर सुरक्षीत गरेकी थिइन् ।
बन्धना चेसी ईन्टरनेशनल कलेजमा प्लस टुमा अध्ययनरत छिन् । हरेक घन्टाको ५ मिनेट बन्दनाको लागि सौचालय र पानी खानको लागि समय ब्रेक गरिएको थियो भने उनको उत्साह र र कामलाई हौसला दिनको लागि विभिन्न कलाकारको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो भने पुर्व प्रधानमन्त्री माधव नेपाल पनि उपस्थित थिए ।