चिकित्सक कमिशनको लोभमा, बिरामी मर्कामा

चिकित्सक कमिशनको लोभमा, बिरामी मर्कामा

विराटनगर : चिकित्सकले औषधिका रुपमा औषधिका रुपमा आहारपुरक खाद्य पदार्थ (डाईटरी सप्लिमेन्ट) तथा न्युट्रास्युटिकल्स( मल्टिभिटामिन र मल्टिमिनरल) पुर्जामा लेखेर बिरामीलाई आर्थिक भार दिने गरको पाईएको छ ।

जानकारहरुका अनुसार भारतबाट आयाल हुने आहारपुरक खाद्यपदार्थ (डायटरी सप्लिमेन्ट) तथा न्युट्रास्युटिकल्स( मल्टिभिटामिन र मल्टिमिनरल) मा औषधिको रुपमा प्रयोग नहुने ( नट फर मेडसिन युज) उल्लेख गरिएको हुन्छ ।

द्य पदार्थ तथा गुण नियन्त्रण विभागले तयार पारेको आहारपुरक खाद्यपदार्थ(डायटरी सप्लिमेन्ट) नियमन कार्यविधि २०७२ अनुसार आयात हुने यस्तो वस्तु औषधि व्यवस्था विभागमा दर्ता नभएको र केही काम समेत नगर्ने उनीहरुको दाबी छ ।

औषधि व्यवस्था विभाग विराटनगरका अधिकृत आशा थापाका अनुसार कमिशनको लोभमा परेर चिकित्सकले बिरामीलाई यस्ता पदार्थको नाम औषधिको रुपमा सिफारिस गर्ने गरेका छन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.