काठमाडौं, मंसिर १३
२०७५ सालको माध्यमिक शिक्षा परीक्षा ( एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सार्वजनिक गरेको परीक्षाको कार्यतालिका अनुसार चैत १० गतेदेखि एसईई परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिए। चैत १० गते आइतबारबाट सुरु भएको परीक्षा २१ गते बिहीबारसम्म चल्नेछ।
हेर्नुहोस् परीक्षा तालिका :