सिजीको ब्यापार प्रबर्धनात्मक कार्यक्रम

सिजीको ब्यापार प्रबर्धनात्मक कार्यक्रम

विराटनगर,मंसिर १५
चौधरी ग्रुपद्वारा उत्पादित सेन्सेई ब्राण्डका विद्युतिय उपकरण विक्रेताहरुलाई समेटेर प्रबर्धनात्मक कार्यक्रम गरिएको छ । विराटनगरस्थित एक निजी होटलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश एकका ६० जना बढी डिलर र तिनका प्रतिनिधिले सहभागिता जनाएका छन् ।

कार्यक्रममा सहभागि बिक्रेताहरुलाई सिजीद्वारा उत्पादित सेन्सेइ ब्राण्डका टेलिभिजन,भ्याकुम क्लिनर र वासिंङ मेसिन लगायतका बिषयमा जानकारी गराइएको सिजीका नेशनल सेल्स हेड निरजकुमार ठाकुरले जानकारी दिए ।

सो क्रममा सिजीका प्रोडक्ट प्लानर बिष्णु आचार्य र बसन्त पोखरेलले विभिन्न उत्पादनहरुका बिषयमा बिक्रेतालाई जानकारी गराएका थिए ।

प्रर्बधनात्मक कार्यक्रमलाई थप मनोरंजक बनाउन सहभागि डिलरहरुबीच हाजिरीजवाफ प्रतियोगिता गराएर बिजयी भएका १५ जनालाई उपहार समेत प्रदान गरिएको थियो । सिजीले जापानिज टेक्नोलोजी अनुसार सेन्सेइ ब्राण्डका बिद्युुतिय सामाग्री उत्पादन गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.