×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ससुराबाट बुहारी बलात्कृत, प्रहरीमा उजुरी दिन खोज्दा उल्टै धम्की

१५ मंसिर २०७५

रुपदेही,मंसिर १५

लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका कुरा सुनाउन उनी स्थानीय प्रहरी चौकीसम्म पुगिन् ।  तर प्रहरीमा लिखित उजुरी हाल्नुअघि उनका ससुराको धम्की आयो ।

Advertisement
Advertisement

घर तथा गाउँबाटै निकाला गर्नसक्ने ससुराको धम्कीका कारण उनी उजुरी नदिई घर फर्किइन् । प्रहरीसम्म पुगेर आफूविरुद्ध उजुरी हाल्न खोजेको रीसमा उनका ससुराले अहिले झन् बढी प्रताडना दिन थालेका छन् ।

रोजगारीका लागि उनका श्रीमान् मलेशियामा छन् । तर उनी आफ्नो मनको पीडा मनमै राखेर बस्न बाध्य छिन् । घटनाका विषयमा प्रहरीले जानकारी त पायो तर लिखित उजुरी नपरेपछि पक्राउ गरेर कारवाही चलाउन सकेन । लुम्बिनीको मधुवनीकी नजिरा खातुनको समस्या पनि ठ्याक्कै त्यस्तै छ ।

तीन वर्षअघि रुपन्देहीको बेथरीका युवकसँग विवाह गरेकी खातुनलाई घरमा जेठाजु र ससुराले जबर्जस्ती गर्न खोज्छन् ।

नमाने कुटपिट गर्छन् । घटनाका विषयमा श्रीमान्लाई पनि जानकारी गराइन् । तर आफ्नै बाबुका विषयमा नचाहिने आरोप लगाएको भन्दै श्रीमान्ले समेत कुटपिट गरेपछि उनी माइतीमै बस्न थालेकी छन् ।

प्रहरीमा उजुरी हाल्न खोजेपछि बिग्रिएको घरबार फेरि सपार्न सकिन्छ कि भन्ने अपेक्षामा माइती पक्षले समेत उजुरी गर्न मानिरहेका छैनन् । मुस्लिम समुदायका धेरै महिला यौन हिंसाबाट बढी प्रभावित रहेको पाइन्छ ।

घर परिवारको इज्जत र प्रतिष्ठामा आँच आउने डरले मुस्लिम समुदायका हिंसापीडित कुनैपनि महिला प्रहरीसम्म पुग्न डराउँछन् ।
घटनाका विषयमा प्रहरीले विभिन्न माध्यमबाट सूचना प्राप्त गर्छ तर लिखित उजुरीको अभावमा कारवाही चलाउन सकेको छैन । यस्ता घटना मुस्लिम समुदायमा अनगिन्ति रहेको प्रहरीको निष्कर्ष छ ।

महिलाविरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्ने राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको सिड समिति (सिडो कमिटी) ले महिलाको इच्छाविपरीत यौन सम्बन्ध राख्ने, शरीर छुने, जिस्क्याउने, अपशब्द सुनाउने, यौनसम्बन्धी चित्र देखाउने, इसारा गर्ने, आँखा झिम्क्याउने, परिबन्धमा पारी यौन सम्बन्ध राख्ने वा यौन कार्यमा लाग्न बाध्य पार्नेजस्ता कार्यलाई यौन हिंसाको परिभाषाभित्र समेटेको छ । तर तराईका मुस्लिम समुदायका महिला यस्ता उजुरी लिएर प्रहरीसम्म पुग्न समेत सकिरहेका छैनन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखेरेलका अनुसार पीडकले डर, त्रास र धाक देखाएर अनुचित प्रभावमा पार्ने गरेका कारण महिला हिंसाका कमै घटनामात्र प्रहरी समक्ष आइपुग्छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । यस वर्षको साउनदेखि अहिलेसम्म १२३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तब्य ज्यानसम्बधी दुई घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला प्रहरी सहायक निरीक्षक मीना आचार्यले जानकारी दिइन् ।

सबैभन्दा धेरै हिंसाका घटना रुपन्देहीको दक्षिणी क्षेत्रमा हुने प्रहरीको भनाइ छ । बलात्कार जस्तो जघन्य अपराधका घटनालाई पनि समाजमै मिलाउने ढाकछोप गर्ने काम हुने इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पोखरेलले बताए  ।

परिवार तथा समाजबाट अपहेलित हुने डरले महिलाहरु उजुरी गर्न डराउँछन् इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल भन्छन्, ‘‘प्रहरीमा आउने बित्तीकै परिवारले असहयोग गर्छ ।’’

आत्मविश्वास र सहयोगको कमी, पीडितलाई सामाजिक कलङ्कका रुपमा लिने कारणले गर्दा पनि यौन हिंसाका घटना दर्तासमेत नहुने गरेको उनले बताए ।
‘‘विभिन्न सामाजिक अपहेलना र लान्छनाका कारण महिलाले उजुरी नै गर्दैनन्’’, अधिकारकर्मी इन्दिरा आचार्य भन्छिन्, ‘‘परिवार तथा समाजको भूमिका पीडादायी र असहयोगी छ ।’’

 न्यायको खोजीमा लाग्ने खर्च, लामो र झन्झटिलो न्याय सम्पादन प्रक्रिया, संरक्षण र सामाजिक पुर्नस्थापनाको अनिश्चताले गर्दा यौन हिंसाका घटना बाहिर नआउने उनको भनाइ छ ।
(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top