काठमाडौँ, मंसिर १५
नेपाली चलचित्र ‘दि ब्रेक अप’को ‘हरपल…….’ बोलको गीत सार्वजनिक भएको छ । केही समयअघि सार्वजनिक भएको ‘हिजो अस्ति……’बोलको गीतको सफलतासँगै चलचित्र टिमले शुक्रवार दोस्रो रोमान्टिक गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको ‘हरपल…….’ बोलको गीतमा चलचित्रका मुख्य दुई कलाकार आशिरमान देशराज र शिल्पा मास्केको केमेन्ट्रिलाई प्रस्तुत गरिएको छ ।केही इन्टिमेट सिन समेत रहेको उक्त गीतमा आशिर र शिल्पाको जोडीलाई सुन्दर देखिएको छ । सार्वजनिक गीतमा प्रकाश मल्लको शब्द, बिराज गैतमको सङ्गीत तथा स्वर छ ।
हेमराज बिसीले निर्देशन गरेको यो चलचित्रमा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीको मुख्य भूमिका रहेको छ । यसमा निर्देशक बिसीको साथै रुपक थापा, दीपक खतिवडा, रेनु राणाको संयुक्त रूपमा लगानी रहेको छ । पौष २७ गते प्रदर्शनको तयारी रहेको चलचित्रको कथा तथा पटकथा हेमराज बिसीको रहेको छ भने छायाङ्कन नरेन्द्र मैनालीको रहेको छ । चलचित्रमा कारियोग्राफी कविराज गहतराजले गरेका हुन् ।