×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

एशिया प्रशान्त शिखर सम्मेलनलाई सम्बोधन गर्दै कसले के भने ?

१५ मंसिर २०७५

काठमाडौँ,मंसिर १५

विश्व शान्तिका लागि गरीबी, भोकमरी तथा अशिक्षाको अन्त्य हुनुपर्नेमा विभिन्न देशका नेताले जोड दिनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँहरुले नागरिकको आकाङ्क्षा र बदलिँदो विश्व परिवेशलाई समेत आत्मसात् गरेर समान धारणा र कार्यक्रमका साथ अगाडि बढे विश्वका साझा समस्याबाट मुक्त पाउन सकिने बताउनुभयो ।

Advertisement
Advertisement

पछिल्लो दिनमा जलवायु परिवर्तन, आतङ्कवाद, मानव तस्करी पनि विकराल समस्याका रुपमा देखा परेको छ भन्दै उहाँहरुले एकल प्रयत्नबाट मात्रै ती समस्याको निरुपण नहुने भएकाले एकार्का देशबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदोले विश्व शान्तिका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकार्य नै शान्ति र विकासको प्रमुख कार्यसूची हुन सक्छ । हामीले विगतदेखि नै यसलाई नै जोड दिँदै आएका छौँ ।”

गरीबी, अशिक्षा, आतङ्कवाद विश्वका साझा समस्या रहेको छ भन्दै उहाँले ती समस्याविरुद्ध लड्न विश्वासिलो साझेदारी, समान अस्तित्व र दृढताको जरुरी पर्ने उल्लेख गर्नुभयो । उहाँले सामाजिक दुश्चक्रका रुपमा रहेको भ्रष्टाचारको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकका स्वतन्त्रता, साधनस्रोतको समुचित वितरण तथा आत्मसम्मानलाई समेत विशेष ख्याल गरिए शान्तिको खोजी धेरै जटिल नभएको उपराष्ट्रपति रोब्रेदोको भनाइ थियो ।

समोआका राष्ट्रप्रमुख अफिओगा टुइमालिआलिफानो भालेतोआ सुआलौभी द्वितीयले विश्व शान्तिका लागि सामूहिक प्रयत्न जरुरी औँल्याउनुभयो । उहाँले मानवीयता, सहअस्तित्व र आपसी हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्नेमा विश्व समुदायलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तन पनि पछिल्लो दिनमा विकराल समस्याका रुपमा देखा परेको छ भन्दै उहाँले त्यसविरुद्ध जुध्न जरुरी भइसकेको बताउनुभयो ।

तुभालुका राज्य प्रमुख लाकोबा ताइया इतालेनीले बन्दूक र सैनिक माध्यमबाट मात्रै जनतालाई सुरक्षित गर्न नसकिने बताउनुभयो । गरीबी, भोक तथा रोग नियन्त्रण गर्नुपर्ने र सुरक्षाका विषयलाई समेत प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले स्रोतलाई वर्तमान तथा भविष्यको पुस्ताका लागि सुरक्षित गर्नुपर्ने औँल्याउनुभयो ।

Advertisement

वातावरण, अर्थतन्त्र, पर्यावरणको सुरक्षाका लागि राजनीतिक र आस्थाका नेताले मिलेर काम गर्नुपर्ने स्पष्ट पार्दै उहाँले युवालाई शिक्षा दिएर सही सङ्क्रमणको मार्गमा अगाडि बढाउन एकीकृत प्रयास गर्नुपर्ने बताउनुभयो ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top