निर्मला अभियान अब ज्याकेट र ब्यागमा पनि

१६ मंसिर ७५, आइतबार
Share this
760shares

विराटनगर, मंसिर १५
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेको छ ।

Advertisement

सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको हो । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ ।

Advertisement

स्वतन्त्र युवाहरुको समूहले अहिले यही अभियान चलाइरहेको छ र अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान गरेको छ ।

यो समूहले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लाका सार्वजनिक स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर अंकित पोस्टर टाँसेको थियो ।

Advertisement

तर, प्रहरीले पोस्टर च्यात्ने र पोस्टर टाँस्नेहरुलाई पक्रिने गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top