रणवीरको ‘सिम्बा’को ट्रेलर सार्वजनिक (भिडियो)

रणवीरको ‘सिम्बा’को ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी, मंसिर १६
बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएको छ । धर्मा ब्यानरबाट बनेको चलचित्रलाई रोहीत सेट्टीले निर्देशन गरेका हुन् ।

सार्वजनिक ट्रेलरमा ‘सिंघम’को केही अंश पनि देखाइएको छ । ‘सिंघम’लाई पनि रोहितले निर्देशन गरेका हुन् । सिम्बामा रणवीर पुलिस अफिसरको भूमिकामा देखिएका छन् ।

चलचित्रमा रणवीरको साथमा सारा अलि खान, सोनु सूड लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र डिसेम्बर २८ मा रिलिज हुदैँछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.