फोरमलाई सरकार ‘हर्ष न विस्मात्’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि हर्ष न बिस्मात भएको छ। आफैँ सहभागी भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले हर्ष न बिस्मात भएको जनाएको हो।

Advertisement

 पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तेयाक राई ओली नेर्तत्वको सरकारमा सहभागी छन्। यादव उपप्रधानमन्त्रीको हैसियतमा स्वास्थ्य तथा जनसंख्यामन्त्र र राई शहरी विकासमन्त्री छन्।

संविधान संशोधनको शर्त एवं सहमतिसहित सरकारमा सहभागी फोरम नेपालले सरकारबाट नबाहिरिने र सहमति कार्यान्वयनका लागि दबाब दिइराख्ने जनाएको छ।

Advertisement

शनिबार सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल हुने एजेण्डा छ। पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले सरकारको कामबाट फोरम नेपाल पूर्णरूपमा सन्तुष्ट नभएको बताए।

केही उपलब्धि भएको र थप उपलब्धिका लागि सरकारमै बसेर संघर्ष गरिरहने उनले बताए ।,आजको राजधानी दैनिकमा खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top