×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

२ लाख ३२ हजार बराबरको प्रतिबन्धित् औषधि बरामद

११ पुष २०७४

भद्रपुर, पुष ११
सशस्त्र प्रहरीले झापाको काकँडभिट्टा नाकाबाट भित्राइएको २ लाख ३२ हजार मुल्य बराबरको नेपालमा प्रतिबन्ध आयुर्वेदिक औषधि बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले काँकडभिट्टाको मूल गेट र जोरसिमल चेकपोष्टबाट उक्त मूल्य बराबरको आयुर्वेदिक औषधि बरामद गरेको हो ।

सरकारले प्रतिबन्ध लगाएको ओरिन्स् भारतीय कम्पनीले उत्पादन गरेको विभिन्न किसिमका आयुर्वेदिक औषधि बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार ओरिन्स् कम्पनीका ट्रोनिक्स, जुस, क्रिम, टेब्लेट लगायतको औषधि फेला परेको छ ।

Advertisement
Advertisement

बरामद गरिएको औषधिलाई मेची भन्सार कार्यालय काँकडभ्टिटा बुझाइसकेको जनाइएको छ । भारतीय औषधी कम्पनीले नेपाली युवायुवतीलाई रोजगारीको आश्वासन दिदै पूर्वका जिल्लामा नेर्टवकिङ्गमार्फत औषधिको व्यापार चलाउने उद्देश्यले पूर्वी नाका काकँडभिट्टालाई प्रयोग गर्दै आएको छ ।

Advertisement
Advertisement

पूर्वका झापा, मोरङ, सुनसरी, इलाम लगायतको जिल्लामा ओरिन्स् भारतीय कम्पनीले उत्पादन गरेको आयुवैदिक औषधीलाई नेटर्वकिङ्गमार्फत नेपाली बजारमा बिक्री वितरण गराउन कलेज पढने युवायुवतीलाई प्रयोग गर्दै आइरहेको अनुसंन्धानबाट खुलेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट डिएसपी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) दिनेश बस्नेतले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top