आफ्नै शिशुको हत्या गर्ने महिला पक्राउ

आफ्नै शिशुको हत्या गर्ने महिला पक्राउ

संखुवासभा, मंसिर २३
संखुवासभाको खाँदबारी नगरपालिका–६ मयममा आइतबार अवैध गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा सोही ठाउँ बस्ने स्वर्गीय टंकमान राईकी श्रीमती ३७ वर्षीया फुलमाया राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

आइतबार रातको समयमा राईले बच्चा जन्माएर हत्या गरि डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।

शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जनाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.