विराटनगर,मंसिर २३
जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा समुदायसंग चिया कार्यक्रम अन्तर्गत आईतबार मोरङ मुस्लिम समाजसँग अन्तरक्रिया गरिएको छ ।
टि विथ मुस्लिम कम्युनिटी नामक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठसँग जिल्लाको शान्ति सुरक्षासंग सम्बन्धित विषयमा अन्तरक्रिया गरिएको थियो ।
श्रेष्ठले मोरङ प्रहरीले थालनी गरेका बिभिन्न अभियान, संचालन गरेका कार्यक्रम र प्रहरी काम कारबाही तथा सेवा बारे जानकारी गराएका थिए ।

अन्तरकृया मार्फत आएका सल्लाह सुझावहरु तथा प्रतिक्रियाहरुलाई कार्ययोजनामा समावेश गरी प्रभावकारी रुपमा जिल्लाको शान्ति सुव्यवस्थालाई सुदृढ तुल्याउन मोरङ प्रहरी सदैव प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।
कार्यक्रममा मोरङ मुस्लिम समाजका अगुवाहरुले यस कार्यक्रमले आफुहरुलाई थप हौसला मिल्नुका साथै मोरङ प्रहरीको यो कार्य अत्यन्तै प्रशंसनिय रहेको र यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।
उनीहरुले मुस्लिम समुदाय प्रहरीलाई सहयोग गर्न सदैव कटिबद्ध रहेको जानकारी समेत गराएका थिए ।