सन्दीप बिग ब्यास खेल्न अष्ट्रेलिया जादै, ईपीएलका सबै खेल गुमाउने

२३ मंसिर ७५, सोमबार

काठमाडौं,मंसिर २३
नेपालका लेग स्पिनर सन्दीप लामिछाने चर्चित अष्ट्रेलियन लिग बिग ब्यास लिग (बीबीएल) मा भाग लिन आज अष्ट्रेलिया प्रस्थान गर्दै छन् ।

सन्दीप आज राति ९ बजेर ५५ मिनेटमा सिल्क एयरबाट अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन् ।यो सँगै सन्दीपले घरेलु प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको बाँकी सबै खेल गुमाउने छन् ।

सन्दीपकै उत्कृष्ट बलिङमा ललितपुर प्याट्रिएटसले आज चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो । सन्दीपले ३ विकेट लिएका थिए । सन्दीपले उद्घाटन खेलमा विराटनगर वारियर्सविरुद्ध शनिबार दुई विकेट लिएका थिए ।

Advertisement

बिग ब्यास लिगको टिम मेलर्बोन स्टार्समा आबद्ध सन्दीपले जनवरी पहिलो साता फेरी बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् ।

बंगलादेश प्रिमियर लिगमा सन्दीपले सिल्हेट सिक्सर्सबाट खेल्ने छन् । बंगलादेश प्रिमियर लिग क्रिकेट सकेपछि पुनः सन्दीप बिग ब्यास खेल्न जाने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top