कांग्रेस नेता अर्यालको विपन्नलाई सहयोग

२३ मंसिर ७५, सोमबार

विराटनगर,मंसिर २४
मोरङको रंगेली नगरपालिकाको सार्वजनिक जग्गामा बसोबास गरिरहेको भन्दै हटाएका २७ घरपरिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले राहात प्रदान गरे ।

रंगेली ७ बस पार्क नजिकैका २७ घरपरीवारलाई प्रतिपरीवार एक बोरा चामल, एउटा त्रिपाल, एकथान म्याट, एक थान कमल प्रदान गरेका हुन् । अर्यालले करिब २ लाख ५० हजार बराबरको उपभोग्य सामाग्री वितरण गरे ।

Advertisement

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेस विकासको विरोधी नभएको बताउदै उचित व्यवस्थापन नगरी गरिएको कार्यप्रति असन्तुष्टि जनाए ।

अर्याल मोरङ ५ नम्बर क्षेत्रका पराजित प्रतिनिधिसभाका काग्रेसका उमेदवार हुन् । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरे, सुकदेव मण्डल, रामनारयण मण्डल लगायतका नेताहरुले संयुक्तरुपमा राहात सामाग्री हस्तान्त्रण गरेका थिए ।

Advertisement

नगरपालिकाले विस्थापित परेका विपन्न ३० बर्षदेखि सो क्षेत्रमा बसोवास गर्दे आएका थिए । जाडोयाम सुरु भए संगै गरिव घर परिवारका उनीहरुलाई समस्याभएपछि राहत स्वरुप थोरैभएपनि सामाग्री वितरण गरिएको आर्यालले बताए

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top