करोडौँ उठाएर सुन व्यापारी फरार

करोडौँ उठाएर सुन व्यापारी फरार

विराटनगर : विराटनगरका एक सुन व्यापारी ग्राहक र बैँकको करोडौँ रुपैँया ऋण लिएर भागेका छन् ।

विराटनगरको जलजला चौकमा सुन पसल सञ्चालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार वेगवनी करोडौँ रुपैँया ऋण लिएर भागेका हुन् ।

तीन वटा बैँकको करीब २७ करोड रुपैँया तथा सर्वसाधारण र व्यापारीको करिब १३ करोड रुपैँया लिएर ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका सन्तोष कुमार वेगवनी भागेका हुन् ।

विराटनगरको व्यापार डुबेपछि वेगवनी परिवारसहित भारत प्रवेश गरेको परिवारिक स्रोतले बतायो ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.