मुगुको मुगम कर्मारोङ्ग गाउँपालिका–५ दाउरा गाउँका ३० वर्षीय थेनसिंह लामा एउटा झोवा (गोरु) जोतेर खेत गरामा लेकाली बाली लगाउन व्यस्त छन् ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
देख्दा अनौठो लाग्ने तर एउटा गोरुले नै खेतबारी जोत्ने प्रचलन यहाँ छ । थेनसिंह भन्छन् ‘यो हाम्रो बाउ बाजे देखिको खेती गर्ने तरिका हो ।’
महिलाले जोत्छन् खेतबारी
यस क्षेत्रका पुरुषले मात्रै नभई महिलाले पनि सजिलै खेतबारी जोत्ने गर्छन् । घर नजिकैको गरामा झोवा लिएर उवा बाली छर्दै गरेकी ३२ वर्षीया याङ्जु लामा भन्छिन् – ‘हामी लामा जातिका महिलाले सजिलै खेतबारी जोत्न सक्छौँ । लोग्ने मानिस घरमा नहुँदा महिलाले जोत्नुपर्ने बाध्यता छ ।’