एउटा गोरुले नै खेतबारी जोत्ने प्रचलन, जहाँ महिलाले जोतेर लगाउँछन् अन्नबाली

Share this
752shares

मुगुको मुगम कर्मारोङ्ग गाउँपालिका–५ दाउरा गाउँका ३० वर्षीय थेनसिंह लामा एउटा झोवा (गोरु) जोतेर खेत गरामा लेकाली बाली लगाउन व्यस्त छन् ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Advertisement

देख्दा अनौठो लाग्ने तर एउटा गोरुले नै खेतबारी जोत्ने प्रचलन यहाँ छ । थेनसिंह भन्छन् ‘यो हाम्रो बाउ बाजे देखिको खेती गर्ने तरिका हो ।’

महिलाले जोत्छन् खेतबारी
यस क्षेत्रका पुरुषले मात्रै नभई महिलाले पनि सजिलै खेतबारी जोत्ने गर्छन् । घर नजिकैको गरामा झोवा लिएर उवा बाली छर्दै गरेकी ३२ वर्षीया याङ्जु लामा भन्छिन् – ‘हामी लामा जातिका महिलाले सजिलै खेतबारी जोत्न सक्छौँ । लोग्ने मानिस घरमा नहुँदा महिलाले जोत्नुपर्ने बाध्यता छ ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top