कतारको एम फि थियटर ‘द भ्वाइस अफ नेपाल’को फाइनलका लागी यसरी सजिदै छ

कतारको एम फि थियटर ‘द भ्वाइस अफ नेपाल’को फाइनलका लागी यसरी सजिदै छ

काठमाडौँ,मंसिर २५

फ्रेन्चाईज सिङ्गिङ रियालिटि सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनल डिसेम्बर १४ मा कतारमा हुँदैछ । फाईनलका लागि टप ४ ट्यालेन्टहरु छनोट गरि सकेको छ ।

हाल सम्म ३१ बटा श्रृंखलाहरु गरेको द भ्वाइस अफ नेपालले अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने भएको हो ।
जस्को प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार राती १० बजे कान्तिपुर टि.भी., डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिने जनाईएको छ ।

कार्यक्रममा पहिलो द भ्वाइस अफ नेपाल छनोट हुनेछन । फाईनलमा बहुचर्चित नेपाली हाँस्य कलाकार धुर्मुस सुन्तली लगायतका कालाकारहरुको बेजोड प्रस्तुती रहने जनाईएको छ । उक्त कार्यक्रमको लागि टिकट बुकिङ्ग खुला गरिसकिएको आयोजकले जनाएको छ ।

नेपालको पहिलो द भ्वाइस छनोट गर्ने सम्पुर्ण जिम्मा दर्शकलाइ सुम्पिएको छ । आफ्नो मन पर्ने ट्यालेन्टलाइ जिताउनका लागि भोट गर्न प्ले स्टोर तथा एप स्टोरबाट द भ्वाइस अफ नेपालको एप डाउन्लोड गरी गर्न सकिने छ ।

द भ्वाइस अफ नेपालले कतारको दोहाको एम फि थियटरमा लाइभ कार्यक्रम देखाउनको लागी भ्वाइसको टिम नै कतार पुगेका छन ।दोहाको एम फि थियटरको तयारी यस्तो छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.