नोबेलले मानेन मन्त्रालयको निर्देशन : पैसा लिएर मात्रै दियो शव

२७ मंसिर ७५, शुक्रबार

विराटनगर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च तिर्न नसकेका आफन्तलाई शव बुझाउन दिएको निर्देशनलाई नोवेल मेडिकल कलेज विराटनगरले अवज्ञा गरेको छ ।

उपचार खर्च तिर्न नसकेको भन्दै तीन दिनदेखि कटहरी गाउँपालिका– ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव अस्पतालले उठाउन दिएको थिएन ।

मन्त्रालयले बिहीबार अस्पताललाई शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिएको थियो । तर, अस्पतालले उपचार खर्चमा ५० प्रतिशत छुट दिएर बाँकी रकम लिई शव आफन्तलाई जिम्मा लगाएको हो ।

Advertisement

दुर्घटनामा परी गम्भीर घाईते भएका मिश्रको विगत पाँच महिनादेखि नोवेल मेडिकल कलेजमा उपचार भईरहेको क्रममा मंगलबार दिउँसो ११ बजे मृत्यु भएको थियो ।

मिश्रको उपचारमा लागेको खर्च बुझाउन नसक्दा अन्तिम संस्कारका लागि अस्पतालले शव नदिएको समाचार प्रकाशित भएपछि मन्त्रालयले अस्पताललाई शव जिम्मा लगाउन निर्देशन दिएको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top