×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

सलमान ५२ बर्षमा प्रवेश , उनको जीवनका २० किस्सा यस्ता छन्

१२ पुष २०७४

एजेन्सी, पुष १२
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ुटाइगर जिन्दा हेले बक्स अफिसमा रेकर्डतोड कलेक्सन गरिरहँदा आज बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५२ औं जन्मदिन मनाउदैछन् । सलमानको जन्म भारतको इन्दौर कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।

उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । सलमानलाई धेरैले प्रेमु, ुसल्लू भाईु, ुभाईजान् , सुल्तानु जस्ता उपनामले पुकार्ने गर्छन् । सलीम खान, सलमानका पिता हन् । जो बलिउडका चर्चित स्क्रिप्ट राईटर समेत हुन् । उनको आमाको नाम सुशीला चरक हो । पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई छन् अरबाज खान र सोहिल खान, जो बलिउडका नाम चलेका कलाकार हुन् । यस्तै, सलमानका दुई बहिनी छन्, जसको नाम अलवीरा र अर्पिता हो ।

Advertisement
Advertisement

अध्ययन
सलमान खानको अध्ययन सिन्धिया स्कूल, ग्वालियरबाट भएको थियोे, जहाँ उनी आफ्नो भाई अरबाज खानसँग पढ्ने गर्थे । यसपछि उनले बाँकीको अध्ययन मुम्बईको बान्द्रा क्षेत्रमा रहेको सेन्टस्ट्यानिसलस हाईस्कूलबाट गरेका थिए ।

करिअर
सलमान खानले आफ्नो करिअरको सुरुवात सहायक भूमिकाबाट गरेका थिए । उनको डेब्यू फिल्म ुबीवी हो तो ऐसीु थियो । ुमैंने प्यार कियाुमा उनले पहिलो पटक मुख्य भूमिकामा काम गरे, जुन फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । उनको फिल्म ुहम आपके हैं कौनुले सबैको दिल जित्यो भने फिल्म ुतेरे नामुमा उनको अभिनयको सर्वत्र तारिफ भयो र आफ्नो अभिनयबाट उनले सबैलाई भावुक बनाए ।

यसपछि उनले कयौं फिल्ममा काम गरे तर पछिल्लो समय उनका प्रत्येक एक्सन फिल्मलाई दर्शकले खुब रुचाउँदै आएका छन् । फिल्म ुवान्टेडुपछि उनले लगातार बलिउडमा हिट फिल्मको झण्डा गाढेका छन् ।

सुपरहिट फिल्म
मैंने प्यार क्यूँकिया, पत्थझर के फूल, साजन्, अन्दाज अपना अपना, हम आपके हैं कौन, करन अर्जुन् , ुखामोशी, जुड््वा प्यार किया तो डरना क्या, बन्धन, बीवी नं १, हम दिल दे चुके सनम, हम साथ साथ हैँ, दुल्हन हम ले जाएगे, तेरे नाम, गर्व, मुझसे शादी करागी, नो इन्ट्री क्योंकि, पार्टनर, दबंग, बडीगार्ड, एक था टाइगर, दबंग २, कि‍क, सुल्तान, बजरंगी भाईजान, प्रेम रतन धन पायोबाट सलमान इन्डष्ट्रिमा सुपरहिट भए ।

सलमानसँग सम्बन्धित २० रोचक कुरा

१. सलमानले पहिलो पटक मुख्य भूमिकामा काम गरेको फिल्म ुमैंने प्यार कियाुलाई अंग्रेजीमा ुवेन लभ काल्सु नामबाट डब गरिएको थियो, जुन गयानाको क्यारिबियन मार्केटमा सबैभन्दा हिट फिल्म बनेको थियो ।

२. फिल्म ुतेरे नामुलाई उनको करिअरको सबैभन्दा उत्कृष्ट फिल्म मानिन्छ ।

३. सन् २००९ मा आएको फिल्म ुवान्टेडु उनको करिअरको टर्निङ प्वाइन्ट थियो । यो फिल्मबाट उनी एक्सन फिल्मको सुपरस्टार बने ।

४. सन् २०१० मा आएको फिल्म ुदबंगुले कमाईको सबै रेकर्ड ध्वस्त पारेको थियो ।

५. सलमानले कयौं व्यक्तिलाई मद्दत पनि गरेका छन् । चाहे इन्डष्ट्रिका व्यक्ति हुन् वा सर्वसाधारण, उनले सुःख–दुःखमा सधै साथ दिएका छन् । कैटरीना कैफ, असिन, सोनाक्षी सिन्हा, अर्जुन कपूर, हिमेश रेशमिया जस्ता धेरै व्यक्तिलाई सलमानले नै सुपरस्टार बनाएका हुन् ।

६. सलमानले ुबीइङ ह्यूमनु नामक एक एनजीओ सञ्चालन गर्दै आइरहेका छन्, जसबाट मुनाफा हुने सम्पूर्ण रकम उनले गरिब–दुःखीको सहायतामा खर्चिने गर्छन् ।

७. टिभीको दुनियाँमा पनि सलमानले खुब नाम कमाए । सन् २००८ मा सोनी च्यानलबाट प्रशारित हुने ुदस का दमुलाई सलमानले सञ्चालन गरेका थिए, जसले टिआरपीको पुराना सारा रेकर्ड तोडिदिएको थियो । उनी यो शोबाट पनि निकै पपुलर भए ।

८. जनवरी २०१२ मा उनले मान्छेको तब मद्दत गरे जब करीब ४ सय कैदी आफ्नो जेल जीवन विताइसके पनि मात्र यसकारण बाहिर आउन सकेका थिएनन् कि उनीहरुले पैसाको जरिवाना तिर्नुपर्ने थियो । तब सलमानले करीब ४ सय मिलियन मद्दत गरेका थिए ।

९. अगस्त २०११ मा सलमान खान एक खतरनाक बिरामीबाट पीडित भएका थिए । उनलाई ट्राईजेमिनल न्यूसरालाजिया भएको थियो । एक अन्तर्वार्तामा सलमानले भनेका थिए कि त्यस्तो रोग अरु कसैलाई नलागोस् ।

१०. सन् २००४ मा यूएसएको पीपुल म्यागजीनले सलमानलाई दुनियाँको सातौं सबैभन्दा ह्यान्डसम पुरुष घोषित गरेको थियो ।

११. सन् २००८ मा सलमानको व्याक्सको मूर्ति लण्डनको म्याडम तुसाद संग्राहलयमा राखिएको थियो र सन् २०१२ मा फेरि एकपटक व्याक्सको दोस्रो मूर्ति न्यूरयार्कको म्याडम तुसाद संग्राहलयमा राखिएको थियो ।

१२. फोब्र्सका अनुसार, २०१७ मा सर्वाधिक कमाई गर्ने बलिउड अभिनेताको सूचीमा सलमान पहिलो नम्बरमा छन् । २०१७ मा उनले भारु २ सय ३२ करोड आर्जन गरेका छन् ।

१३. उनी सधै नै हातमा एक निलो रंगको ब्रासलेट लगाउने गर्छन् । उनी यसलाई आफ्नो लागि लक्की मान्ने गर्छन् ।

१४. यौवन अवस्थामा सलमान केटी गिज्याउने सवालमा पनि निकै माहिर थिए । उनी केटीहरुसँग निकै हाँसो ठट्टा गर्थे । स्कुलमा उनी यस्तै हर्कत गर्नेमा बढी चर्चित थिए ।

१५. सलमान, धर्मेन्द्रका फ्यान हुन् । उनले धर्मेन्द्रसँग ‘प्यार किया तो डरना क्या’मा सँगै काम गरेका थिए । धर्मेन्द्रले यो फिल्ममा काम गर्नका लागि कुनै पैसा लिएका थिएनन् ।

१६. ुबाजिगरुमा सलमानलाई फिल्म खेल्न अफर गरिएको थियो । उनले नकारात्मक चरित्र नगर्ने भनेपछि शाहरुख खानलाई सो भूमिकामा दिइयो । शाहरुख यही फिल्मबाट सुपरस्टार भएका थिए ।

१७. सलमान बिएमडब्लु, मर्सिडिज बञ्ज र ल्याण्ड क्रुजर गाडी चलाउन मन पराउँछन् ।

१८. सलमान साबुनका निकै सौखिन छन् । बाथरुममा हरेक किसिमका साबुन सजाएर राख्ने उनको बानी छ । उनी बिभिन्न वनस्पति र फलफूलको बास्ना आउने साबुन मन पराउँछन् ।

१९. सलमानलाई चिनियाँ खाना औधि मन पर्छ । मुम्बईस्थित चिनियाँ गार्डन उनको खाना खाने अखडाजस्तै बनेको छ ।

Advertisement
Advertisement

२०. प्रायः विभिन्न नायिकासँग अफयेरको चर्चा बाहिर आएपनि सलमान अहिलेसम्म अविवाहित छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top