विराटनगरका अधिकांश सुन पसलमा अवैध वित्तिय कारोबार

विराटनगरका अधिकांश सुन पसलमा अवैध वित्तिय कारोबार

विराटनगर : विराटनगरमा सञ्चालन भइरहेका अधिकांश सुन– चाँदी पसलले अवैध रुपमा वित्तिय कारोबार गर्ने गरेको पाईएको छ । सुन– चाँदीको कारोबार गर्ने अनुमती लिएका सुन– चाँदी पसलले अवैधरुपमा वित्तीय कारोबार गर्ने गरेको पाईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

गत शनिबार सर्वसाधारण र बैंकको करिब ४२ करोड रुपैँया रकम उठाएर सुन चाँदी पसल सञ्चालन गरिरहेका ‘शिशु’ भनिने सन्तोष वेगवनी परिवारसहित भारत भागेपछि अवैधरुपमा वित्तीय कारोबार हुने गरेको खुलेको हो ।

ॐ लक्ष्मि ज्वेलर्सका सञ्चालक पसल बन्द गरेर भारत भागेपछि प्रहरीमा २१ ज्नाले उजुरी गरेका छन् । उजुरी गर्नेहरुमा अधिकांश सुन धितो राखेर ऋण लिनेहरु छन् ।

नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयका प्रमुख विनोद आचार्य सुन पसलमा वित्तीय कारोबार गर्नु अवैध भएको बताए । कारोबार गरेको पाईए प्रशासनले कारबाही गर्ने उनको भनाई छ ।

विराटनगरमा ७५ वटा सुन पसल सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये अधिकांशको कारोबार सुन धितो राखेर ऋण दिने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.