एजेन्सी,पुस २
इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आईतबार राती भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित पुनः शीर्ष स्थानमा फर्किएको छ । लिभरपुलले युनाइटेडलाई ३–१ को गोल अन्तरमा पराजित गरेपछि लिगको शीर्ष स्थानमा फर्किएको हो ।
लिभरपुलका लागि जिदा जरदान शाकिरीले २ तथा लागि साडियो मानेले एक गोल गरे । युनाइटेडका जेसे लिङ्गार्डले एक गोल फर्काए । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले खेलमा बनाएको सुरुवाती अग्रता लिएको थियो ।
फाविन्हो पासमा मानेको भली सट गोल भएको थियोे । ३३औं मिनेटमा जेसे लिङ्गार्डले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
७३औं मिनेटमा शाकिरीले गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । ८०औं मिनेटमा शाकिरीले नै गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
यससँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको छ । प्रिमियर लिगमा अपराजित रहने लिभरपुल एक्लो टोली हो । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १ अंकले पछि परेको हो । लिभरपुलले १७ खेलबाट ४५ अंक जोड्दा सिटीले समान खेलबाटै ४४ अंक जोड्यो ।
लिभरपुलसँगको हारसँगै युनाइटेड २६ अंक जोडेर छैटौ स्थानमा यथावत छ । युनाइटेड पाँचौ स्थानको आर्सनलभन्दा ८ अंकले पछि परेको छ ।