भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि

काठमाडौँ : भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ ।  भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको हो ।

भारतमा सुनसहित पक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणमणि उप्रेती गोरेका सहयोगी भएका आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको प्रहरीका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.