पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार 

२ पुस ७५, मंगलबार

विराटनगर, पुस २

दिवगंत पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि तीन लाखको अक्षयकोष खडा गरिएको छ । कोष स्थापनाका लागि स्वर्गीय कोशराज रेग्मीका परिवारको तर्फबाट तीन लाख रुपैयाँको चेक सोमबार नेपाल पत्रकार महासंघ मोरङ शाखालाई हस्तान्तरण गरिएको छ ।

वरिष्ठ पत्रकार कोशराज रेग्मीकी श्रीमती, छोराछोरीहरूले बुबाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । सो कोषमा यसअघि स्वर्गीय कोषराज रेग्मीले स्थापना गरेको पीताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान पनि गाभिएको छ ।

Advertisement

प्रतिष्ठानले हरेक वर्ष मोती जयन्तीका अवसरमा १ जना पत्रकारलाई पुरस्कृत गर्दै आएको थियो । कोष स्थापनापछि स्वर्गीय कोशराज रेग्मीको स्मृतिमा हरेक दुई वर्षमा मोती जयन्तीका दिन पत्रकार कोशराज रेग्मी स्मृति पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि २५ हजार रुपैयाँको हुनेछ । यो पुरस्कार स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिनेछ ।

Advertisement

त्यस्तै यसअघि प्रदान गर्दै आएको पीताम्वर–खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार अब हरेक दुई वर्षमा प्रदान गरिनेछ । ११ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार प्रदेश नम्बर १ मा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिनेछ ।

विराटनगर–१२ पिचरास्थित रेग्मी निवासमा आयोजित कार्यक्रममा स्वर्गीय कोशराज रेग्मीकी धर्मपत्नी रेणुका रेग्मी र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले कोष स्थापना र पुरस्कार प्रदान गर्ने कार्यविधि सम्बन्धमा बनेको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा पीताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठानका सचिव कविराज न्यौपाने, सदस्य अनन्तराज न्यौपाने, स्वर्गीय कोशराज रेग्मीका ज्येष्ठ सुपुत्र भोजराज रेग्मीले स्वर्गीय कोशराज रेग्मीले जीवनकाल गरेको पत्रकारिता कर्मको बारे चर्चा गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top