यस्तो छ पकेटमारको सांकेतिक भाषा, पकेटमारीको आरोपमा ७७ पक्राउ

यस्तो छ पकेटमारको सांकेतिक भाषा, पकेटमारीको आरोपमा ७७ पक्राउ

काठमाडौं : केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको  छ ।

यस्तो छ कोड
पैसा : द
मोबाईल : कान
पकेटमारी पीडित : रामे
मुख्य पाकेटमार : काशी
पैसा धेरै : टानको द
पैसा थोरै छ : जुटको द
गाडी : काँचा
केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राईभर : माम
खलासी : मले
गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडी सर : चिछल जा

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.