प्रदेश १ मा फोहोरबाट पेट्रोलियम पदार्थ निकालिने योजनाको सम्भाव्यता अध्ययन हुने

५ पुस ७५, शुक्रबार

विराटनगर, पुस ५
प्रदेश १ मा फोहोरबाट पेट्रोलियम पदार्थ निकालिने विषयमा सम्भाव्यता अध्ययन हुने भएको छ । भारत भ्रमणमा रहेका प्रदेश नं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे र मुम्बेईमा फोहोरबाट पेट्रोलियम पदार्थ निकाल्ने विधिका विज्ञ वैज्ञानिक सुभाष दिक्षितबीच नेपालमा फोहोरको रुपमा उत्पादन हुने प्लास्टिकहरुको वर्गीकरण पश्चात प्रशोधन गरी निकालिने पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको हो ।

सम्भाव्यता अध्ययन भने भारतीय विज्ञको सहयोगमा एग्रो.प्रोसेसीङ्ग केमिकल मार्फत हुनेछ । भ्रमणका क्रममा मन्त्री घिमिरेले विभिन्न विषय विज्ञ तथा वैज्ञानिकहरु संग छलफल गरेका छन् । सोहि क्रममा मन्त्री घिमिरेले प्लास्टिकबाट ईन्धन वनाउने उद्योगको समेत अवलोकन गरेका थिए । अवलोकन पश्चात राष्ट्रकै चुनौतिको रुपमा रहेको फोहोरजन्य प्लास्टिकको विसर्जन र व्यवस्थापनका विभिन्न विकल्प बारेमा उनले जानकारी लिएका छन ।

Advertisement

यस्तै विभिन्न किसिमका फोहोरहरुको वर्गीकरण र व्यवस्थापन सम्वन्धि परियोजनाहरुको अवलोकन गर्नुका साथै कुहिने फोहोर बाट वायो ग्यास (मिथेन ग्यास) उत्पादन गर्ने विज्ञ एवं विश्व बैंकका वायोग्यास कन्सल्टेन्ट डा. सुवास नान्द्रेसंग सो विषयमा अन्तरकृयाका साथै विभिन्न परियोजनाहरुको अवलोकन गरिएको भ्रमण टोली सदस्य तथा अन्तराष्ट्रिय युवा समितिका नेपाल संयोजक राजकुमार कट्टेलले जानकारी दिए ।

Advertisement

भ्रमणका क्रममा महाराष्ट्रका पर्यटन व्यवसायीहरुसँग समेत दुई देशबीच पर्यटन प्रबद्धन गर्नै विषयमा छलफल भएको छ । सो क्रममा त्यहाँका पर्यटन व्यवसायीहरुले नेपालमा धार्मिक, प्राकृतिक, साँस्कृतिक, पुरातात्विक गन्तव्यहरुको सम्भावना बढी रहेको भन्दै व्यवसाय विस्तार गर्ने ईच्छा व्यक्त गरेको उनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top