विराटनगर, पुस ५
लागूऔषध सहित प्रहरीले बिराटनगर महानगरपालिका–४ महेन्द्र चोकबाट बुधवार १ युवकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१५ बस्ने २२ वर्षीय को बिकाश साहलाई पक्राउ गरेको हो ।
साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषध एभिल–४० एम्पुल, डाईजेल्याव–३९ एम्पुल र लुपिजेसिक–३८ एम्पुल फेला पारी बरामद गरेको हो ।
बरामद लागौषध सहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।