प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दायर

६ पुस ७५, शुक्रबार
Share this
784shares

काठमाडौं : सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ।,यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement

सचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता भएको हो।

मंसिर २६ मा दर्ता नम्बर ०७५–एपी–०२६९ भएको अवहेलना मुद्दा पुस १ मै पेसीमा चढ्दा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसलासहितको मिसिल झिकाउने आदेश भएको छ। दुईतिहाइ बहुमतसहितका प्रधानमन्त्रीविरुद्ध दायर भएको सम्भवतः यो पहिलो अवहेलना मुद्दा हो।

Advertisement

विज्ञान तथा प्रविधि मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूहको राजपत्रअंकित प्रथम श्रेणी पदमा कार्यरत रहँदाको अवस्थामा सो दरबन्दी कटौती हुँदा आफूलाई अन्यायपूर्वक सरकारले फाजिलमा राखेकाले वृत्ति विकासमा असर परेको भन्दै सचिव रामधर साहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले ‘तीन महिनाभित्र उनलाई काममा लगाउनु’ भन्ने आदेश दिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top