काठमाडौं :विश्वमा सबैभदा तीव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे पहिलाे स्थानमा परेको छ। विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तीव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ।,याे खबर आजको कारोबार दैनिकमा छ।
विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको हाे। सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत डाउनलोड स्पीड ६३ दशमलब १९ एमबी प्रतिसेकेन्ड रहेको छ।
त्यस्तै ५८.९६ एमबीपियससहित आइसल्याण्ड दोस्रो र कतार ५५ दशमलब १७ एमबीपिएससहित तेस्रो नम्बरमा रहेको छ। चौथो नम्बरमा सिंगापुर रहँदा पाँचौ नम्बरमा नेदरल्याण्ड रहेको छ।
प्रतिवेदनअनुसार नेपाल भने ११६ औं स्थानमा रहेको छ। २०१८ मा नेपालको मोबाइल इन्टरनेटमा थोरै मात्र सुधार भएको छ।