विराटनगर,पुस ६
मोरङ व्यापार संघको आयोजनामा आजदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०१८ सुरु भएको छ । नौ दिनसम्म चल्ने एक्स्पोको प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।
एक्स्पोको उद्घाटन गदै मुख्यमन्त्री राईले महोत्सव र एक्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन । उनले भने ‘ भारतको सिक्किम,पश्चिम वंगाल,विहारसंग प्रदेश १ जोडिएको छ।’प्रदेश १ लाई भारत, चीन,बंगलादेश,भुटानको महत्वपूर्ण बजारको रुपमा जोडने छौ ।’
उनले प्रदेश सरकार प्रदेश नं एकमा लगानीमैत्री वातावरण तयार गर्न प्रतिबद्धत रहेको बताए । उनले प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा समेत नीजि क्षेत्रको सहभागीतालाई बिशेष प्राथमिकतामा राखेको बताउदै लगानीका लागि उपयुतm खालको वातावरण सृजना गर्न सरकार तयार रहेको बताए ।
‘नीजि क्षेत्रको सहभागीता र लगानी विना कुनैपनि बिकास र समृद्धिको अभियान असम्भव छ’ मुख्यमन्त्री राईले भने‘प्रदेश नं एकको बिकास र समृद्धीको अभियानमा नीजि क्षेत्रको पुर्ण सहभागीता बढाउन प्रदेश सरकार लागानीमैत्री वातावरण तयार गर्न तत्पर छ,त्यसका लागि नीजि क्षेत्रलाई छलफलका लागि म आब्हान गदर्छु ।’
उनले अन्तराष्ट्रिय स्तरको प्रर्दशनीस्थलको आवश्यकतालाई महसुस गरेर त्यसको थालनी भइसकेको बताए ।‘ विराटनगरको औद्योगिक करिडोरलाई व्यापारिक हबको रुपमा विकास गर्नेछौ ।’, उनले भने ‘ आर्थिक कृयाकलापको वातावारण निर्माणमा प्रदेश सरकार चुक्दैन ।’
उनले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रलाई उद्योग र व्यापारको हवका रुपमा विकास गर्न प्रदेश सरकारले चाहेकाले त्यसका निम्ति कानून नीति निर्माण गरी कार्वान्वय गर्न आवश्यक गृहकार्यका लागि प्रदेश सरकार जुटेको समेत जानकारी दिए । मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई क्षेत्रियस्तरको रुपमा स्तरोन्ति लागि क्याविनेटबाट निर्णय गरेर काम अघि बढी सकेको बताए । उनले तत्कालको लागि क्षेत्रीय स्तरको बन्ने विमानस्थल चाडै अन्तराष्ट्रिय स्तरको बनाइने बताए ।
सो अवसरमा प्रतिनिधि सभाका सांसद मोति दुगडले भौतिक पुर्वाधको विकासमा जोड दिएका थिए । नेपाल उद्योग वाणीज्य महासंघका उपाध्यक्ष किशोर प्र्रधानले सरकारको तर्फबाट आर्थिक विकासकालागि प्रतिबद्धताको खाचो औल्याए । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुललीले सुस्ताउदै गएको आर्थिक गतिविधिमा एक्स्पोले उर्जाको काम गर्ने धारणा राखे । उदघाटनमा मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा,उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे,एक्स्पोका संयोजक अनुपम राठी लगायतले आफ्नो धारणा राखेका थिए ।
शुक्रवारदेखि नौ दिनसम्म चल्ने एक्स्पोमा २० करोडको कारोवार हुने लक्ष्य राखिएको छ । मेलामा नेपाल सहित भारत बंगलादेश, पाकिस्तान र चीनका स्टलहरु सहभागि छन । मोरङ्ग व्यापार संघका अध्यक्ष पवनकुमार सारडा नेपालमा उत्पादित तथा आयातित औद्योगिक उत्पादन तथा सेवाहरु ग्राहकसम्म पू¥याउन एक्पो आयोजना गरिएको जानकारी दिए ।
एक्स्पोमा नेपाल सहित छिमेकी राष्ट्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । एक्स्पोमा चीनियाँ इलेक्ट्रोनिक्ससँग सगै पाकिस्तानबाट लेदर, बंगलादेशको गार्मेन्टका उत्पादनहरुको स्टल रहेको एक्स्पो तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले जानकारी दिए ।एक्स्पोमा रहेका २५० स्टलहरुल मध्ये ४२ वटा अन्तराष्ट्रिय स्टलहरु रहेको छ ।
एक्स्पोबाट विभिन्न मुलुकमा उत्पादित बस्तु तथा सेवाको बारेमा उपभोक्ता तथा ग्राहक वर्गले जानकारी पाउने उद्धेश्यले आयोजना गरिएको हो । एक्स्पोमा ३ लाख दर्शकले अवलोकन गन अपेक्षा राखिएको छ ।
एक्स्पोका प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा बित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक र जुत्ताचप्पलको स्टल रहेका छन् ।