×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

विराट एक्स्पोमा ३ दिनमा ७ करोडको कारोबार

८ पुष २०७५

विराटनगर,पुस ८

प्रदेश १ कै सबैभन्दा ठूलो व्यापार मेला दाबी गरिएको विराट ट्रेड एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार भएको छ । शुक्रबार सुरु भएको एक्स्पोमा तीन दिनमा ७ करोडको कारोबार भएको आयोजक मोरङ व्यापार संघका महासचिव नविन रिजालले बताए । तीन दिनमा ४० हजार दर्शकले एक्स्पोको प्रत्यक्ष अवलोकन गरेका छन् ।

Advertisement
Advertisement

विराटनगर–२ शंकरपुरस्थित खाली जमिनमा आयोजना गरिएको एक्स्पोमा २ सय ५० स्टल समावेश गरिएको छ । उनका अनुसार सवारी साधन र नयाँ प्रविधिमा दर्शकको आकर्षण देखिएको छ । मेलास्थलबाटै चार वटा गाडी र १७ वटा मोटरसाइकल बिक्री भइसकेको छ ।यस्तै बुकिङ पनि त्यसकै अनुपातमा भइरहेको उनले बताए ।

त्यसपछि खाद्यन्नमा भन्दा लत्ताकपडामा बढी भीड देखिन्छ दर्शकको । मेलामा जुम्लाको स्याउदेखि इलामको चियासम्म राखिएको छ । भोजपुरको खुकुरीदेखि पाल्पाको करुवासम्म अवलोकनकर्ताले खरिद गर्न पाउनेछन् एक्स्पोमा । अर्गानिक उत्पादन पनि ग्राहकको चाप छ । अर्गानिक चिया, दाल, चामल, तरकारी, अल्लोको कपडा, जुत्ताचप्पलको पनि उत्साहजनक कारोबार भइरहेको आयोजक समितिका संयोजक अनुपम राठीले जनाए ।

“नयाँ–नयाँ उत्पादनमा ग्राहकको औधी रुचि देखियो,” राठीले भने, “सामान खरिद गर्ने मात्रै होइन होटल र रेष्टुरेन्टमा खानाका पारखीको भीड पनि उत्तिकै बाक्लो छ ।” एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकबाट पनि २५ वटा स्टल समावेश गरिएको छ । अटोमोबाइल्स, आइटी, बैंक, निर्माण सामग्री, कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ताचप्पल, स्वास्थ्य, पर्यटनसहित दैनिक उपभोग्य सामग्रीहरू प्रदर्शन गरिएका छन् ।

बालबालिकाका लागि छुट्टै मनोरञ्जनस्थल छुट्याएर विभिन्न खेल सामग्री राखिएको छ । मेलामा आउने दर्शकका लागि मनोरञ्जन र किनमेलबाट सन्तुष्ट भएर फर्किने वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । थप मनोरञ्जनका लागि भारतबाट ल्याइएका डाइनोशरका आकृतिमा सिल्फी खिच्नेहरुको पनि उत्तिकै भिड लागेको छ ।

Advertisement

शनिबारसम्म सञ्चालन हुने एक्स्पोमा हरेक दिन राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ । यसबाहेक फेसन शो पनि हुने गरेको छ । ९ दिने मेलामा साढे २ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top