दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रर्दशन तर मेलबर्न पराजित

१० पुस ७५, मंगलबार
Share this
733shares

एजेन्सी, पुस १०
नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यासको दोस्रो खेलमा पनि उत्कृष्ट प्रर्दशन गरेका छन् । सोमबार सन्दीपले दोस्रो खेलमा होबार्ट हरिकेन्सबीरुद्ध ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् ।

Advertisement

सन्दीपको टिम मेलबर्न होबार्टसँग ६ विकेटले पराजित हुन पुग्यो । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको होबार्टले १८.४ ओभरका ४ विकेटको क्षतिमा पुरा गर्यो ।

आफ्नो पहिलो स्पेल लिएर सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा एलेक्स डूलनलाई २ रनमा बोल्ड गरे । सन्दीपले उक्तमा ओभरमा ५ रन मात्र खर्चिए । त्यस्तै नवौं ओेभरमा सन्दीपले १ चौका सहित ७ रन खर्चिए, कुनै विकेट लिन सकेनन् । जस्मा सुरुवाती ३ बल डट गराए ।

Advertisement

१४ औं ओभरको दोस्रो बलमा सन्दीपले कप्तान तथा विकेटकीपर मैथ्यू वेडलाई एडम जम्पाको हातबाट क्याच गराउदै ५२ रनमा पेभिलिएन फर्काए । यस ओभरमा एक छक्का सहित सन्दीपले ८ रन खर्चिदै १ विकेट लिए ।

त्यस्तै १६ ओभरको पहिलो बलमै बेन मैकडरमोटलाई एलपी डब्लू आउट गरे । आफ्नो अन्तिम ओभर समेत रहेको उक्त ओभरमा सन्दीपले एक विकेट सहित ४ रन मात्र खर्चिए ।

Advertisement

मेलबर्न होबाटका लागि मैथ्यू वेड ५२, डी आर्सी शर्ट ३४ र बेन मैकडरमोटले २८ रन बनाए । त्यस्तै जर्ज बेली २७ रनमा नट आउट रहे । मेलवर्नका लागि सन्दीप बाहेक स्कट बोल्लानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो ।

मेलवर्नका लागि निक लार्किन ४५, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिस २२ र ड्वेन बाभ्रोले १२ रन जोडे । होबार्ट होबार्ट हरिकेन्सका लागि जोफ्रा आर्चरले ३ र डी आर्सी शर्टले २ विकेट लिए ।

सन्दीपले बिग ब्यासको पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध ४ ओभरमा ३६ रन खर्चिएर २ विकेटका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top