काठमाडौं,पुस १२
प्रधानमन्त्री खड्कप्रसाद ओलीले नयाँ बन्न लागेको धरहराको जगमा फूलअक्षता चढाएका छन् । सरकारका प्रभावशाली मन्त्रीहरु लिएर सुन्धारा पुगेका ओलीले धरहराको औपचारिक शिलान्यास गरेका हुन् ।
ठेकेदार कम्पनीलाई औलो देखाउँदै ओलीले भने–‘यो दुई वर्षभन्दा बढी कट्नु हुदैंन, समयमै निर्माण सम्पन्न गर्दा चौतर्फी नाफा छ किन ढिला गर्ने ?’ महानगरका मेयर विद्यासुन्दर शाक्यले निर्माणसँगै वातावरण संरक्षणमा समेत ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा मगर, पर्यटन मन्त्री रविन्द्र अधिकारी, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
जमिनमाथी ८१.२ मिटर अग्लो हुने बाहिरबाट हेर्दा ११ तलाको धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५४ जनाले धरहराबाट अवलोकन गर्न सक्नेछन् । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ ।
२२ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । धरहरामा एउटा म्युजियम रहनेछ । संग्राहलयमा पुरातात्विक महत्वको सामाग्री राखिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । ढलेको धरहरालाई भने काँचको पर्दामा राखिनेछ । धरहरा निर्माण रमण कन्स्ट्रक्सनले गरिरहेको छ ।
यस्तो बन्दैछ धरहरा :
https://youtu.be/Ew_30STZuwc
(विकास न्युजबाट)