परिसरको युनिटलाई आयुक्त कार्यालयको अविश्वास : उपत्यकामा प्रहरीको दोहोरो चेकजाँच

१५ पुस ७५, आइतबार
Share this
760shares

काठमाडौँ : काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ।  उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ।

Advertisement

महानगरीय प्रहरी कार्यालयमातहतका तीनवटै परिसरले प्रत्येक दिन आफ्ना युनिटमार्फत चेकजाँच गरिरहेका हुन्छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा गरी परिसरका करिब एक हजार चार सय प्रहरीलाई चेकिङका लागि खटाइएको हुन्छ।

उनीहरूको अनुगमनका लागि महानगरीय प्रहरी कार्यालय थप चेकजाँच गरिरहेको हुन्छ। काठमाडौ परिसरको मात्रै प्रत्येक दिन ४२ स्थानमा परिसरको युनिटले चेकिङ गरिरहेको हुन्छ तर त्यसलाई अविश्वास गर्दै आयुक्तको कार्यालयले पनि २० स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गरिरहेको हुन्छ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top