रामेछाप : मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् ।
कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।
तर, स्थानीय र सेवाग्राहीको असन्तुष्टिप्रति ढकालले चासो दिएका छैनन् । कार्यालय भवनभित्र प्रवेश गर्ने मूलढोका नै थुनेर ढकालले कुखुरापालन गर्दा सेवाग्राहीहरूलाई कार्यालयमा आवातजावत गर्न नै समस्या भएको छ ।
मूलढोका बन्द हुँदा सेवाग्राही वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।