×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगर विमानस्थल विस्तारका लागि २५० बिगाहा जग्गा अधिग्रहण गर्ने प्रदेश १ सरकारको तयारी

१६ पुष २०७५

विराटनगर, पुस १६

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिए ।

मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण सङ्कलन गरेको जानकारी दिँदै आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी निर्णय गरिने बताए ।

उनले यस विमानस्थलबाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने बताउँदै यस विमानस्थलमार्फत स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पुर्याउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक डिपीआर तयार भएमा सङ्घीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिने बताए । उनले विमानस्थल विस्तारको लागि आवश्यक जग्गाको मुआब्जाको रकमको कुनै पनि कमी नभएको बताउँदै यसलाई क्षेत्रीय अन्तरदेशीय विमानस्थलको विस्तार गरी यात्रुलाई आवश्यक सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सदस्य चुमनारायण तवदारले प्रदेशलाई उत्कृष्ट बनाउन विमानस्थल विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिँदै यस कार्यमा सरकारलाई साथ दिने धारणा व्यक्त गरे ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश नं १ का उद्योग वाणिज्य कार्यालयका उपाध्यक्ष राजेन्द्र राउतले भारतको वागडोगरा विमानस्थलबाट नेपाली हवाई यात्रुको छोटो दुरीको अन्तर्राष्ट्रिय उडान न्यूनीकरणका लागि विराटनगर विमानस्थलबाट चाँडै नै छोटो दुरीको अन्तर्राष्ट्रिय उडान शुरु गर्नुपर्ने विचार व्यक्त गरे ।

विराटनगर विमानस्थलबाट अहिले काठमाडौंका लागि चार वायुसेवा कम्पनीका दैनिक आवातजावत गरी २८ उडानका साथै तुम्लिङटार र साप्ताहिक रुपमा पर्वतीय उडान भइरहेका छन् । सन् २०१८ को ११ महीनामा यस विमानस्थल हुँदै चार लाख ८५ हजार ६९ यात्रुले आवतजावत गरेका थिए ।

Advertisement

विमान प्रयोग गर्ने यात्रुको सङ्ख्यामा यसवर्ष १४ प्रतिशतले वृद्धि भएको छ । विराटनगर विमानस्थलले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ४७ लाख राजश्व सङ्कलन गरेको सोही अवसरमा बताइयो । विराटनगर विमानस्थल २०२५ असार ९ गतेदेखि सञ्चालित रहेको छ । यो काठमाडौँपछि दोस्रो ठूलो विमानस्थलको रुपमा रहेको छ ।रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top