विमानस्थलको विस्तारका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गर्ने

१६ पुस २०७५, सोमबार
Share this
679shares

विराटनगर, पुस १६

Advertisement

विराटनगर विमानस्थलको विस्तारका लागि प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । सरकार गठनदेखि नै विराटनगर विमानस्थललाई अन्तर प्रादेशिक विमानस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको प्रदेश सरकारले कामले तीव्रता नपाएपछि प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विमानस्थलको विस्तार एवम् स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण संकलन गरेको जानकारी दिंदै आगामी साता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग सो विषयमा छलफल गरी निर्णय गरिने बताएका हुन ।

Advertisement

उनले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अविलम्व २५० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने समेत बताए । विराटनगर विमानस्थलमा ३ हजार मिटरको धावनमार्ग बनाउनका लागि विमानस्थल पश्चिमतर्फ उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गरिने उनले बताए ।

Advertisement

उनले विमानस्थलबाट प्रदेशका १३ स्थान लगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने वताउंदै विमानस्थलमार्फत स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तरदेशिय विमानस्थलकोरुपमा विस्तार गरी यात्रुहरुलाई आवश्यक सुविधा प्रदान गरिने बताए । विराटनगर विमानस्थल २०२५ सालबाट संचालनमा आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top