‘न्यू हराइजन्स’ सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्विर खिच्न सफल

१८ पुस ७५, बुधबार
Share this
739shares

एजेन्सी, पुस १८

Advertisement

अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यू हराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्विर खिच्न सफल भएको छ ।
सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यू हराइजन्सले अल्टिमा टूली नामको पिण्डको नजिकबाट गुज्रने क्रममा पृथ्वीमा सम्पर्क गर्न सफल भएको हो ।

पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान ६ अर्व ५० किलोमिटरको दुरीमा रहेको थियो । यो अभियान पृथ्वीदेखि सबैभन्दा टाढा पुगेको एक सफल अभियान बन्न पुगेको छ । न्यू होराइजन्स नामको रावोटिक उपग्रहले अल्टिमा टूलीको नजिकै भएर गुज्रिँदा यो पिण्डको थुप्रै तस्वीर लिएको हो । साथै महत्वपूर्ण जानकारी संग्रह गर्न सफल पनि भएको छ ।

Advertisement

यो अन्तरिक्ष यानले आगामी केही महिनासम्म महत्वपूर्ण तस्वीर र जानकारी पृथ्वीमा पठाइ रहनेछ । अल्टिमा सौर्यमण्डलको त्यो हिस्सामा स्थित छ जसलाई काइपर बेल्ट भनिन्छ । जुन अत्यन्तै चिसो जमेका पिण्डले बनेको छ । काइपर बेल्टमा अल्टिमा जस्ता हजारौं पिण्ड रहेको अनुमान गरिएको छ । यो मिसनले सौर्यमण्डलको निर्माण हुने क्रममा तिनीह?को स्थिती कस्तो थियो होला भन्ने जान्न सकिने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top