२०७६ सालदेखि थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव

Share this
772shares

काठमाडौं : विभिन्न जातीय तथा धार्मिक संघ-संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालदेखि लागु हुनेगरी सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ ।

Advertisement

२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले आगामी २०७६ सालदेखी नै थप १५ वटा जातीय तथा सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको प्रस्ताव गरेको छ ।

Advertisement

सरकारले सम्पूर्ण जातीहरुको मागलाई मध्यनजर गर्दै आगामी वर्षदेखी किरात समुदायको चाड उभौलि र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन विदा र इदुल पित्र, बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top