म्यानचेस्टर सिटीले लिभरपुललाई हरायो

म्यानचेस्टर सिटीले लिभरपुललाई हरायो

एजेन्सी, पुस २०
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल सिटीसँग २–१ ले पराजित भएको छ ।लिग अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीसँग २–१ ले पराजित भएसँगै लिभरपुलले सिजनको पहिलो हार बेहोरेको हो ।

लिभरपुललाई प्रिमियर लिगमा पहिलो हार चखाउन घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले गोल गरे । लिभरपुलका रोबर्टो फिर्मिनोले गोल फर्काए ।
इतिहाद स्टेडियममा घरेलु टोलीले खेलको ४०औं मिनेटमा अग्विरोको गोलबाट खेलमा अग्रता बनाएको थियो । अग्विरोले बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गरेको थियो ।

६४औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गोल गरेपछि लिभरपुल खेलमा फर्किएको थियो । फिर्मिनोले एलेक्ससन्दर अर्नोल्ड र एन्ड्रियु रोबर्टसनको वान टु वान पासलाई गोलमा परिणत गरेका थिए ।

७२औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा सिटीले लिभरपुललाई हार चखायो ।

सिटी २१ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ४ अंकले मात्रै पछि छ । लिभरपुलको ५४ अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.