×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्री पण्डितद्धारा स्वीटर वितरण

किशोर विश्वकर्मा
विराटनगर, पुस २२
मोरङको सुन्दरहरैचा नगरपालिकाका दुई सामुयादिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । तराईमा केहीदिन यता बढेको चिसोका कारण सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाको उपस्थित न्यून हुन थालेपछि न्यानोका लागि ति विद्यालयमा अध्यनरत बालवालिकालाई आईतबार स्वीटर वितरण गरिएको हो ।

Advertisement
Advertisement

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सहयोगमा मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा वडा नं. ६ को बुद्ध आधारभुत विद्यालयका ८९ विद्यार्थी र सोही नगरपालिकाको वडा नं. ३ स्थित जनता आधारभुत विद्यालयमा अध्यनरत ६१ विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

आफु निर्वाचित क्षेत्रका विद्यालयमा मन्त्री पण्डितले विद्यार्थीलाई न्यानोका लागि स्वीटर वितरण गरेका हुन् । सो अबसरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले मन्त्री पण्डितले तराईमा अत्याधिक चिसो बढेका कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको बताउँदै विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरणको सुरुवात गरेको बताए ।

मन्त्री पण्डितले निर्वाचनका समयमा जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्ने क्रममा देशमा पहिलो पल्ट तराई मधेश समृद्धि अभियान कार्यक्रम आफ्नै मन्त्रालय मार्फत लागु गरेको र त्यसका लागि दुई अर्ब ५ करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top