किशोर विश्वकर्मा
विराटनगर, पुस २२
मोरङको सुन्दरहरैचा नगरपालिकाका दुई सामुयादिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । तराईमा केहीदिन यता बढेको चिसोका कारण सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाको उपस्थित न्यून हुन थालेपछि न्यानोका लागि ति विद्यालयमा अध्यनरत बालवालिकालाई आईतबार स्वीटर वितरण गरिएको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सहयोगमा मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा वडा नं. ६ को बुद्ध आधारभुत विद्यालयका ८९ विद्यार्थी र सोही नगरपालिकाको वडा नं. ३ स्थित जनता आधारभुत विद्यालयमा अध्यनरत ६१ विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
आफु निर्वाचित क्षेत्रका विद्यालयमा मन्त्री पण्डितले विद्यार्थीलाई न्यानोका लागि स्वीटर वितरण गरेका हुन् । सो अबसरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले मन्त्री पण्डितले तराईमा अत्याधिक चिसो बढेका कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको बताउँदै विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरणको सुरुवात गरेको बताए ।
मन्त्री पण्डितले निर्वाचनका समयमा जनता समक्ष गरेको प्रतिवद्धता पूरा गर्ने क्रममा देशमा पहिलो पल्ट तराई मधेश समृद्धि अभियान कार्यक्रम आफ्नै मन्त्रालय मार्फत लागु गरेको र त्यसका लागि दुई अर्ब ५ करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको जानकारी दिए ।