प्रदेश सरकारले पहिर्‍याइदियो राउटेलाई कोट

प्रदेश सरकारले पहिर्‍याइदियो राउटेलाई कोट

सुर्खेत : आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन्। उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन्।,याे खबर नेपाल समाचारपत्र दैनिकमा छ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो। वितरण गरिएको कोट समुदायका बालकदेखि बृद्ध सम्मका पुरुषहरुले लगाए । राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगत राउटे बस्तीमा सहभोज पनि गरिएको छ।

सुर्खेतको लेकबेसी नगरपालिका–१ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे बस्तीमा सहभोज गरिएको हो। प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायको सामाजिकीकरण अभियानकै क्रममा सहभोजको आयोजना गरिएको हो।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सहभोजमा राउटे र गैरराउटेहरु सहभागी भए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.