हावाबाट बिजुली झलमल

फिदिम,पुस २४

Advertisement

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ ।नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनी खुशी छिन् ।

उनीलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ ।स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासीले उज्यालोको सुविधा पाएका हुन् ।

Advertisement

सप्तमी बजारमा वायु र सौर्य प्रणालीबाट विद्युत् उत्पादन गरिएको छ । वायुबाट २० किलोवाट र सौर्य प्रणालीबाट ५० किलोवाट विद्युत् उत्पादन गरिएको हो ।उत्पादित विद्युत् पुस महीनाको दोस्रो सातादेखि परीक्षण प्रशारणमा रहेको छ ।

पुस मसान्तसम्म परीक्षण गरी माघदेखि चौबिसैघण्टा विद्युत् प्रसारण गरिने सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिले जनाएको छ ।

Advertisement

समितिका अनुसार उत्पादित विद्युत्बाट सप्तमी बजारसहित आसपास ११० घरमा विद्युत् जडान गर्ने कार्य चलिरहेको ।गत वैशाखको पहिलो सातादेखि निर्माण थालेको टप्सन कृष्णग्रिल जेभीले पुस दोस्रो साता सम्पूर्ण काम सकेपछि परीक्षण थालिएको सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर आङ्देम्बेले जानकारी दिए ।

सो आयोजना सम्पन्न गर्न उपभोक्ताको रु २० लाख २५ हजार, मिक्लाजुङ गाउँपालिकाको रु २४ लाख ७५ हजार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोड पाँच लाखको लागतमा वायु तथा सौर्य विद्युत् ग्रेड निर्माण सम्पन्न भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष आङ्देम्बेले विद्युत् प्रशारण लाइन विस्तारको काम भइरहेको जानकारी दिए । पुसको अन्तिमसम्ममा प्रसारण लाइन विस्तारको काम सक्ने गरी प्राविधिकलाई परिचालन गरिएको उनको भनाइ छ ।

यहाँ विद्युत् महसुल समेत नेपाल विद्युत् प्राधिकरणको महसुल दर भन्दा केही सस्तो हुने र उपभोक्ताको आम भेलाबाटै सहमतिमा समितिले महसुल दर निर्धारण गर्ने अध्यक्ष आङ्देम्बेले जानकारी बताए ।  रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top